महिला फुटबल : नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

20

(काठमाडौं) – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत महिला फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ । नेपालको पहिलो खेल डिसेम्बर ३ मा हुनेछ । यस्तै, डिसेम्बर ५ मा माल्दिभ्ससंग खेल्नेछ ।

डिसेम्बर ७ मा भारतसंग खेल्नेछ । राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई टिमले फाईनल खेल्नेछ । डिसेम्बर ९ मा फाईनल खेलको मिति तय गरिएको छ । सागको महिला फुटबलमा चार टिमले मात्र खेल्नेछन् ।

 नेपाल सहित श्रीलंका, भारत र माल्दिभ्सले सागको महिला फुटबलमा सहभागीता जनाउनेछन् । अन्तिम समयमा आएर पाकिस्तान, भुटान र बंगलादेशले नखेल्ने बताएका छन् । सागको महिला फुटबलमा भारतले स्वर्ण जित्दै आएको छ । नेपाल सबै सहभागीतामा रजतमै सीमित छ ।

 

समाचार वर्गहरू