काठमाडौं – मुलुकभर आज मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्यांग सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कतैकतै भारी वर्षा समेत हुने महाशाखाको अनुमान छ ।
मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर पश्चिम भागमा विकसित न्यून चापीय प्रणालीका कारण मेघ गर्जन सहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।
मौसम विज्ञान विभागले जारी गरेको बुलेटिन अनुसार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना बुधबार, बिहीबार र शुक्रबार पनि छ । यसको प्रभावले पहाडि भू भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।