राष्ट्रपति पौडेलले गरे मेरो भ्वाइस र डान्स युनिभर्सका प्रतिभालाई स्वागत

73

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभरबाट नेपाल आइपुगेका मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिस्पर्धीहरूलाई स्वागत गरेका छन्।

विश्वभरबाट आएका नेपाली प्रतिभाहरूलाई राष्ट्रपति पौडेलले नेपालका सांस्कृतिकदूतहरू भएको भन्दै नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा नेपाली समुदायमा पुर्याउन इन्ट्रा फाउण्डेसनले गरेको प्रयासको प्रशंसा गरेका थिए।

नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक हप्ता बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स र आइतबार सोमबार मेरो डान्स युनिभर्सको प्रसारण सुरु भइसकेको छ।

राष्ट्रपति पौडलले विश्वभरबाट आएका गायन र नृत्य प्रतिभाहरुको परिचय लिँदै विश्वभर नेपाली सांस्कृतिक राष्ट्रवादलाई जीवन्त राख्न सबै नेपाली जाति, नेपाली भाषीहरुको योगदान प्रशंसनीय रहेको बताएका थिए।

राष्ट्रपति कार्यालयमा आयोजित स्वागत समारोहमा इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विश्वभरका नेपाली जातिलाई संस्कृतिको एउटै मालामा उनेर नेपालसँग जोड्ने फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको सपनालाई दुई रियालिटी शोहरुले मूर्तरूप दिइरहेको जानकारी दिएका थिए।

फाउण्डेसनका नेपाल च्याप्टर अध्यक्ष बाबुकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई नेपाली प्रतिभाहरूलाई सम्मान नगरेकोमा पुष्पगुच्छा दिएर धन्यवाद ज्ञापन गरेका थियो।

समाचार वर्गहरू