अध्यादेशसँगै खारेज भयो निजामती ट्रेड युनियन

98
फाइल फोटो

काठमाडौं । सरकारले  निजामती कर्मचारीहरुको ट्रेड युनियन खारेज गरिदिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऎन संशोधन गर्ने अध्यादेश जारी गरेसँगै निजामती कर्मचारीहरुको ट्रेड युनियन खारेज भएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था थियो। कार्यालय प्रमुख भई काम गर्ने राजपत्रांकित कर्मचारीबाहेक तृतीय श्रेणी वा त्योभन्दा मुनिका कार्मचारी ट्रेड युनियनमा सदस्य बन्न पाउने कानुनी व्यवस्था रहेको थियो।

अध्यादेश जारी भएसँगै अबदेखि निजामती कर्मचारीले राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संगठन, जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध संगठनहरूको सदस्यता लिन नपाउने भएका छन् ।

कुनै पनि निजामती कर्मचारी राजनीतिक क्रियाकलापमा आबद्ध भएको प्रमाणित भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने छ ।

समाचार वर्गहरू