प्रधानमन्त्री साहले भारतलाई रिझाउन राष्ट्रघाती काम गरे : श्रम संस्कृति पार्टी अध्यक्ष राई

51

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्क राज राई) ले प्रधानमन्त्री बालेन्द्र साह उर्फ बालेनले भारतलाई रिझाउन सदनमा दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको आरोप लगाएका छन् ।

आइतबार पूर्व तालिकाबिना बोलाइएको सदनको बैठकमा प्रधानमन्त्री साहले ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति पार्टीले आपत्ति जनाउँदै त्यसको विरोध गरेको समेत उनले बताएका छन ।

अध्यक्ष साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत जानुअघि भारतलाई रिझाउन प्रधानमन्त्री साहले यस्तो अभिव्यक्ति दिएको समेत बताएका छन् । ‘प्रधानमन्त्री साहको भनाइले नेपालको सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सामसुम पार्ने तथा नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट देखिएको छ , उनले भने ।’

उनले अगाडी भने, ‘प्रधानमन्त्री साहले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्नेबारे गम्भीर अस्पष्टता व्यक्त गरेको छ ।’ पार्टीले नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरीब जनताका बस्ती (सुकुमबासी बस्ती) मा हमला गर्नमै सीमित राख्दै आएको सरकारले सिमानामा सेनालाई चियाउन समेत नपठाउनु, तर उल्टै नेपालले भारतको सीमा धेरै ठाउँहरुमा मिचेको भन्नुले सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रधानमन्त्री र सरकार प्रतिबद्ध नरहेको आरोप समेत लगाएका छन् ।

समाचार वर्गहरू