काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५.५३ अंकले बढेर १ हजार १ सय ६७.९५ अंकमा कायम भएको छ । ठूला कम्पनीको सेन्सेटिभ परिसुचक भने आज ०.०६ अंकले घटेर २ सय ५३.३३ बिन्दुमा कायम भएर कारोबार बन्द भएको छ ।
यस दिन परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज १७७ वटा कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता सेयर ६२ करोड २३ लाख ६३ हजार ४८८ रुपैयाँमा कारोबार भएको छ । आइतबार ४२ करोड २४ लाख ५३ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।
आज बैंकिङ, विकास बैंक, जलविद्युत र वित्त समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक २ सय ५६.५३ अंकले बढेको छ ।
